नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच मंगलबार छलफल भएको छ। दुवैबीच संघीय संसद भवन नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा सदन प्रभावकारी बनाउने, विधेयकहरू अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
भेटमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ समेत सहभागी थिए।

