कुलमानले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो। सोहीबमोजिम घिसिङले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने भएका हुन्।



११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किन पाएकोमा खुसी भएको प्रतिक्रिया कुलमानले दिएका छन् ।

सम्बन्धित समाचार