एमाले लुम्बिनी प्रदेशले गर्यो यस्तो निर्णय

नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको निर्णय कुर्ने र त्यसै अनुसार अघि बढ्ने निर्णय गरेको छ । आज(बुधबार) मुख्यमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्नेबारे निर्णय गर्न एमालेले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको थियो ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बैठकमा अदालतको आदेश कुर्ने निर्णय भएको र मुख्यमन्त्रीको राजीनामा विषयमा कुरा नउठेको बताए । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासकोप्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ । त्यस्तै एमाले सांसद भूमिश्वर ढकालले राजीनामाको विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको जानकारी दिए ।



शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोसहितको विपक्षमा गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन्। सत्तामा टिक्न यसअघि सबै हर्कत गरेका मुख्यमन्त्री पोखरेलसँग अब भने राजीनामा दिएर सरकारबाट बाहिरिने वा अविश्वासको प्रस्तावबाट हट्नुबाहेक अर्को विकल्प नभएको दाबी विपक्षी गठबन्धनले गरेका छन्।

सम्बन्धित समाचार