नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक सुरु भएको छ । बैठकमा सत्ता पक्षका प्रदेशसभा सदस्यको उपस्थिति रहेको छैन ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । त्यस्तै कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपनि प्रदेश सभामा पत्र नआइपुगेको हुँदा प्रदेशसभाको विशेष अधिवेशनको बैठक सुरु भएको हो ।
लुम्बिनी प्रदेशसभाका प्रदेश प्रमुख अमिक शेरचनले आजको लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाएका थिए ।

