कुलमानले लिए नियुक्तिपत्र

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले नियुक्तिपत्र लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नियुक्तिपत्र दिएकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा ४ वर्षका लागि नियुक्त गरिएको छ ।



यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो। सोहीबमोजिम घिसिङले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने भएका हुन् । ११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किन पाएकोमा खुसी भएको प्रतिक्रिया कुलमानले दिएका छन् ।

सम्बन्धित समाचार