दीपक र दीपा हल निर्माण गर्दै

कलाकार दीपकराज गिरी तथा दीपाश्री निरौलाले सिनेमा हल निर्माण गरिरहेका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले दुई पर्दाको सिनेमा हल सञ्चालन गर्न लागेका हुन् ।

झन्डै ९ करोड लगानीमा उनीहरुले हल निर्माण गर्न लागेका हुन् । हल निर्माणको काम धमाधम भइरहेको गिरीले बताए । त्यस्तै दीपकले आगामी वर्षको वैशाख १ गतेदेखि हल सञ्चालन हुने बताए । सञ्चालनमा रहेका केही हल बन्दको खबर फैलिरहेका बेला सकारात्मक सन्देश दिन पनि आफूले हल निर्माण कार्य थालेको दीपकको भनाइ छ । दीपक भन्छन्, ‘चलचित्रकर्मी भएको हिसाबले आफूले जानेको पेशा पनि यहि भएकोले हलमा लगानी गरिएको हो ।’



घरमा र टिभीमा फिल्म हेरेको भन्दा हलमा हेरेको आनन्द बेग्लै हुने भएकोले हलमा लगानी गरेको दीपकले बताए ।

सम्बन्धित समाचार