देउवा पक्षको प्रस्ताव– ‘सबै चुनाव सकेर दुईवर्षपछि मात्र महाधिवेशन’

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापतिहरुको भेटघाट पनि बाक्लिएको छ । सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरु अहिले ललितपुरको समीट होटलमा भेला भएका छन् ।

उनीहरुले स्थानीय, प्रदेश र संघको निर्वाचनपछिमात्रै महाधिवेशन गर्न दबाब दिने तयारी गरेको एकजना नेताले जानकारी गराए ।



उनकाअनुसार अहिले महाधिवेशन गर्न सकिने अवस्था छैन । त्यसैले आम निर्वाचनको मुखैमा महाधिवेशन गर्न नसकिने हुँदा सबै निर्वाचन सकेरमात्रै महाधिवेशन गर्नेगरी तयारी थाल्न दबाब दिने तयारी गरेको जानकारी गराए । महाधिवेशनको सम्बन्धमा छलफल गर्न कांग्रेस सभापति देउवाको निवासमा आजै केन्द्रीय समिति बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार