नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
यूईएफए सुपर कपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । स्पेनिस क्लब भिल्लारियललाई सडेनडेथमा ६-५ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
बिहीबार बिहान भएको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । खेलमा चेल्सीले खेलको २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
उत्तरी आयरल्याण्डको बेलफाष्टस्थित विस्डन पार्कमा भएको खेलमा चेल्सीका बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोलरक्षक केपा अरिजावालागाले भिल्लारियलका कप्तान राउल अल्बिओलको पेनाल्टी रोकेपछि चेल्सीले सुपर कपको उपाधि जितेको हो ।