कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्ति गरेको भन्दै माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रश्न उठाएका छन् । आज (बिहिबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कुलमान बुढो भएपछि सरकारले के गर्छ ? भनि प्रश्न गरे ।

महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् । ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने ।



महतले भने ‘कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? बिद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? खाली किन कुलमान मात्रै ?

सम्बन्धित समाचार