आज तीन हजार २६० जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ४६२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ८०६ पीसीआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार २९४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । जसमा ३४ हजार ८३८ जना होम आइसोलेसनमा रहेका छन् भने३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३७ संक्रमित आईसीयूमा र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।

सम्बन्धित समाचार