केपी ओलीको मानसिक अवस्था ठीक नभएको बताएपछि संसद्मा हंगामा

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको विहीबारको बैठकमा विवाद भएको हो ।

यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । प्रतिनिधिसभको विशेष समयमा यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरे ।



भट्टराईले ती शब्द अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरू गम्भीर र आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । यादवले भने आफूले सो कुरा एउटै पार्टी नेकपा भएका बेला पनि भनेको जिकिर गरे ।

सम्बन्धित समाचार