नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) तोलामा रु ३०० ले उकालो लागेको छ । तोलामा ६०० रुपैयाँ बढ्दै रु ८९ हजार ४०० सयमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ८९ हजार ७०० सय मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ९५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै तोलाको रु १ हजार १८५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदी मूल्य घटबढ हुँदै आएको छ ।