मोहम्मद अफ्ताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’

कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको छ । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको सर्वोच्चले जानकारी दिएको छ । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।



जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।

सम्बन्धित समाचार