मातृकाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नेकपा माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले हिजो बसेको प्रतिनिध सभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द संसदको रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटालेले सचिवालयलाई निर्देशन गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । भट्टराईले भने ‘हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो , त्यो भनाइप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको विहीबारको बैठकमा विवाद भएको थियो । यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । प्रतिनिधिसभको विशेष समयमा यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरेका थिए ।



भट्टराईले ती शब्द अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरू गम्भीर र आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार