नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने सम्भावना रहेको छ । मन्त्री छान्ने जिम्मा यसअघि नै स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।
त्यस्तै आजको बैठकले मन्त्रीको नाम चयन गर्नुको साथै भोलि(शनिबार) बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा पनि तय गरिने एक स्रोतले बतायो ।

