विश्वकै सानो शिशु १३ महिनापछि घर फर्किइन्

विश्वकै सानो शिशु १३ महिनापछि सिङ्गापुरको एक अस्पतालबाट डिस्चार्ज भएका छन् । क्वेक यू सुवान जन्मदा एउटा स्याउको तौल बराबर थिइन् ।

सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो । उनको तौल २१२ ग्राम र उचाइ २४ सेन्टिमिटर रहेको थियो । आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट चार महिनाअघि नै जन्म दिइएको थियो ।



विश्वकै सानो शिशु १३ महिनापछि घर फर्किइन्

प्री–इक्लामप्सियामा उच्च रक्तचाप हुने गर्दछ जसले मानिसको महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न सक्छ । यसले आमा र बच्चा दुवैलाई खतरा हुने देखिएपछि समयअगावै शिशुलाई जन्म दिने निर्णय गरिएको थियो । अहिले भने यू सुवान निकै स्वस्थ छिन् । उनको तौल पनि अहिले ६.३ किलो पुगेको छ । उनको उपचारका लागि विश्वभरबाट २ लाख ७० हजार डलर सहयोग प्राप्त भएको थियो ।

अमेरिकाको एक विश्वविद्यालयका अनुसार यसअघि थोरै तौल भएको २४५ ग्रामको अमेरीकी बच्चाको नाम विश्व रेकर्डमा रहेको थियो । बीबीसी

सम्बन्धित समाचार