नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्न नहुने बताएका छन् । भट्टराईले आज ट्विट गर्दै नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका हुन् ।
उनले ट्विटमा भनेका छन्,‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउककमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैन्थ्यो ।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!’
अहिले तालिबान बिद्रोहीले अफगानिस्तानका विभिन्न राज्यहरु कब्जा गरिरहेका छन् । विभिन्न देशले अफगानिस्तानमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरेका छन् ।
भट्टराईको ट्विट :

