माओवादी स्थायी समिति बैठकले गर्यो यस्तो निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठक आजै सक्ने निर्णय गरेको छ। आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आजै सक्ने निर्णय गरेको हो।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको बताए । श्रेष्ठले केन्द्रीय समिति बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि(सोमबार) बस्ने स्थायी समितिको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने जानकारी दिए ।



श्रेष्ठले भने -‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिश गर्ने समझदारी बनाएका छौँ।’ केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठात्मक अभियानको प्रस्तावमाथि समितिमा छलफल हुनेछ ।

 

सम्बन्धित समाचार