मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण राजनीतिक नियुक्तिको तयारी

आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय लिने एक मन्त्रीले बताए ।



प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा हालसम्म चार जनामात्र मन्त्री रहेका छन् । अधिकांश मन्त्रालय खाली हुँदा नियमित काम प्रभावित भएको भन्दै जनस्तरबाट आलोचना हुने गरेको छ ।

सम्बन्धित समाचार