नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा दश हजार ९३ पीसीआर परीक्षण गर्दा दुई हजार ५६६ र पाँच हजार ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ४५८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ । जसमा ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३९ संक्रमित आईसीयूमा र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ ।