ओलीले बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक, नेपाल पक्षलाई पनि बोलाइयो

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आज स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो। सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेको एमालेका एक नेताले बताए।

स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ। त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ। दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार मंगलबारका बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ।



सोमबार अबेर राति वक्तव्य जारी गर्दै ओलीले एमालेका सबै नेतालाई आ-आफ्ना कमिटीका बैठकमा उपस्थित हुन अपिल जारी गरेका छन्। उनले एमाले फुटाउने षड्‍यन्त्र भएको भन्दै त्यसविरुद्ध एकजुट हुनसमेत अपिल गरेका छन्।

सम्बन्धित समाचार