सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहितको वरिष्ठ वचत खाता

सिभिल बैंकले ‘वरिष्ठ वचत खाता’ सञ्चालनमा ल्याएको छ । समाजका वरिष्ठ व्यक्तिहरूको सम्मान गर्ने उद्देश्यले ल्याएको वरिष्ठ वचत खातामा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

५८ वर्षभन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रूपमा प्रदान गरिने उल्लेख छ । यसको अलावा विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।



‘समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्ने वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै वहाँहरुको सुविधा तथा आवश्यकतालाई मनन् गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने छ’ बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

निक्षेपतर्फ रु. ९१.६७ अर्व र कर्जा तर्फ रु. ८५.१४ अर्व पु-याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५% मा सिमित गर्न सफल भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

 

 

सम्बन्धित समाचार