नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार) रु ४०० ले उकालो लागेको छ । तोलामा एक सय रुपैयाँ घट्दै रु ९० हजार ६०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९१ हजार मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु ९० हजार १०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै तोलाको रु १ हजार २१० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।