नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज(मंगलबार) प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ७ फागुन २०७७ मा तिलक परियारलाई हटाएर अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए । हरिशंकर मिश्र नेपाली काँग्रेसका पुराना नेता हुन् ।
विज्ञप्ति

