महन्थ ठाकुरले प्रधानमन्त्रीलाई गरे यस्तो आग्रह

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुर आज(मंगलबार) बालुवाटार पुगेका छन् ।

आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । ठाकुरले प्रधानमन्त्रीसमक्ष चाँडोभन्दा चाँडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए ।



नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागिएको हो ।

सम्बन्धित समाचार