नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बसिरहेको छ ।

बैठकमा माधव नेपाल समूहको नेताहरु सहभागीता रहेको छैन । अध्यादेश ल्याउने थाहा पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो राति आफूनिकट नेताहरुलाई बालकोटमा बोलाएर बैठक गरेका थिए । पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरूसँगको बैठकपछि ओलीले सोमबार राति नै दुई पृष्ठ लामो पाँच बुँदे विज्ञप्ति निकालेका छन् । त्यस्तै ओलीले पार्टी एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।



स्थायी कमिटी बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार मंगलबारका बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ।

सम्बन्धित समाचार