माधव नेपाल पक्ष कारवाहीका लायक हुन् : ओली

नेकपा एमालेको स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीले बताए ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’ एमालेले माधव नेपाल लगायतका नेताहरुलाई स्पष्टीकरण सोधे पनि कारवाही भने गरेको छैन । ओलीले आफूले पहिले नै कारवाही गर्न चाहे पनि केही नेताहरुको कुरा सुनेर कारवाही नगरेको बताए ।



त्यस्तै बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश आए सशक्त विरोध गर्ने निर्णय भएको जानकारी दिए । यस्तै नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ ।

सम्बन्धित समाचार