नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।

नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ । एमालेले १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा पत्र पठाएको हो ।
सरकारले अध्यादेशमा राजनीतिक दल विभाजनको लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने प्रावधान हटाएर दुईमध्ये एकमा २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरेपछि एमालेले यस्तो निर्णय गरेको हो ।
माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीलाई कारवाही गरिएको एमालेका एक नेताले बताए ।

