नेपालमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १७ हजार ६८९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ५६५ पीसीआर परीक्षण गर्दा दुई हजार ४५६ र छ हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा ८१८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ९२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । जसमा ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९० संक्रमित आईसीयूमा र १९१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ ।

सम्बन्धित समाचार