नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदाै ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका छन्। फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अमेरिकी सेना विश्वको सबैभन्दा शक्तिशाली हो, र अहिले जे भइरहेको छ त्यसका कारण हाम्रो बदनामी भइरहेको छ। मध्यपूर्वमा जाने फैसला हाम्रालागि अहिलेसम्मको सबैभन्दा नराम्रो निर्णय थियो।’
उनले उक्त गलत फैसलाका कारण अमेरिकाले करोडौं डलरको नोक्सान मात्र नब्यहोरेको भन्दै लाखौं मानिसको ज्यान पनि गएको उल्लेख गरे।
‘हामीले मध्यपूर्वलाई ध्वस्त गरिदियौं। आज हामी त्यही अवस्थामा रहेका छौं जहाँ २०-२१ वर्ष पहिला थियौं। हामीली यति वर्षमा जे बनाएका थियौं आज सबै ध्वस्त भएको छ। यस्तो लाग्छ हामीले दलदलमा खुट्टा राख्यौं र त्यहाँ फस्यौं।’