राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिले आजै जारी गर्ने

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरेको थियो।

एमाले विभाजन गर्न सजिलो हुने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गर्छिन् कि गर्दिनन् भन्नेमा चासो छ। अध्यादेश मंगलबार नै राष्ट्रपतिसमक्ष प्रस्तुत भइसकेको थियो। तर कार्यव्यस्तताको कारण देखाउँदै हिजो जारी भएन।



‘अध्यादेश हिजै राष्ट्रपति कार्यालयमा आएर राष्ट्रपतिज्यूसमक्ष प्रस्तुत भइसकेको हो तर कार्यव्यवस्तताका कारण जारी भएन,’ शीतल निवास स्रोतले भन्यो।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले स्वभाविक प्रक्रियामा अध्यादेश जारी हुने बताए। ‘सरकारले पठाएका अध्यादेश जारी गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो। सोहीअनुसार स्वभाविक प्रक्रियामा जान्छ,’ ढकालले भने, ‘आजै जारी हुने सम्भावना छ।’

सम्बन्धित समाचार