ठाकुर पक्ष नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उत्साहित बनेको महन्थ ठाकुर पक्षले नयाँ दलको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने तय गरेको हो ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि ठाकुर पक्षले छलफल गरि पार्टी दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि ठाकुर पक्षलाई नयाँ पार्टी खोल्नको लागि बाटो खोलिएको थियो । सरकारले जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।



नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो रहने सांसद चन्दा चौधरीले बताइन् । हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जसपा नेपालमा नयाँ पार्टी जसपा (लोकतान्त्रिक)मा २३ सदस्यहरू रहने बताइएको छ । त्यस्तै, पार्टीका ३७ सांसदहरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । जुन पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।

 

सम्बन्धित समाचार