२४ घण्टामा तीन हजार ४०३ जना कोरोना संक्रमित थपिए, ४२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा दुई हजार ६१३ र चार हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार १०४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ८९ हजार १७३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

सम्बन्धित समाचार