नयाँ पार्टी दर्ता गरेपछि राजेन्द्र महतोले दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । जसमा अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ ।

नयाँ दल दर्ताका लागि निवेदन बुझाएर फकिएपछि प्रस्तावित जसपा नेपाल लोकतान्त्रिकका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यादेशको उपयोग गरेर पार्टी फुटाएको बताए ।



‘पार्टी फुट्यो र त नयाँ दल दर्ताको लागि निवेदन दिएका छौ । अध्यादेश आज आयो त्यसलाई उपयोग गर्यौ र दल दर्ता गर्‍यौँ’, महतोले भने । उनले आफ्नो पार्टी तत्काल सत्तामा नजाने समेत स्पष्ट पारे ।

सम्बन्धित समाचार