नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदाै ।

नेकपा एमाले विभाजन भएपछि प्रदेशमा माधव नेपाल समूहमा रहेका नेताहरूले भटाभट मुख्यमन्त्री पद पाउने भएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ भने प्रदेश १ मा पनि माधव समूहकै नेता भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।
एमाले विभाजन हुँदा उपहारमा यी दुई नेताले मुख्यमन्त्री उपहार पाएका हुन् । यसअघि दुवै स्थानमा ओली समूहका नेताहरू मुख्यमन्त्री थिए । माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटलाई पद छोडाएर उपहारमा नेपाल समूहका प्रभावशाली नेताहरूलाई मुख्यमन्त्री दिएका छन् ।
ओली निकट प्रदेश १ का मुख्यमन्त्री शेरधनको ठाउँमा पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल निकट नेता भीम आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।सरकारको सिफारिशमा राष्ट्रपतिले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि एमाले नेता माधवकुमार नेपालले नेकपा एमाले ९समाजवादी० पार्टी दर्ता गर्नका लागि निवेदन दिएका छन् ।
संविधान र कानुनको उल्लंघन गरेको तथा सङ्गठनप्रति प्रतिवद्धता नरहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वैचारिक मतभिन्नता राखेर माधवकुमार नेपाल समूहसँग रहँदै आएका भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतले मुख्यमन्त्री पदको सुनिश्चिचतासँगै ओलीकै नेतृत्वमा रहन राजी भएको एक एमाले नेताले बताए ।

