तीन पूर्व प्रधानमन्त्रीले आज एउटै मञ्चवाट सम्बोधन गर्दै

तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले एउटै मञ्चवाट आज सम्बोधन गर्दैछन् । समाजवादी केन्द्र, नेपालले आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरुले आज सम्बोधन गर्ने भएका हुन् ।

समाजवादी केन्द्रलेआयोजना गर्न लागेको ‘एक्काइसौ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र डा। बाबुराम भट्टराईले आफ्नो धारणा राख्न लागेका हुन् ।



आज मध्यान्ह ११:३० बजेदेखि दिउसो २:३० बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको उक्त अन्तर्क्रिया कार्यक्रममा वामदेव क्षेत्रीद्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तक पनि विमोचन हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार