बाबुरामले दिए माधव नेपाललाई बधाई तथा शुभकामना

नयाँ पार्टी दर्ता गराएका माधव कुमार नेपाललाई जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि माधव नेपाल समूहले नेकपा एमाले (समाजवादी) दर्ता गराएका थिए ।

भट्टराईले बुधबार एक ट्विट गर्दै ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ घर बनाउने अभियानमा लाग्नुभएकोमा माधव नेपाल र र साथीहरूलाई वधाइ तथा शुभकामना दिन चाहन्छु ।



भट्टराईले ट्विटरमा लेखेका छन्-“ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न।अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस!”

भट्टराईको ट्विट :

भट्टराईको ट्विट :

 

सम्बन्धित समाचार