नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदाै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै छन्। आज दिउँसो २ बजे भक्तपुरका पार्टी कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्न लागेको एमाले भक्तपुरका सांसद महेश बस्नेतले जनाकारी दिए।
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा विशेष सम्बोधन गर्ने बस्नेतले बताए।
यता माधव नेपाल पनि नयाँ पार्टी गठनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । समाजवादी केन्द्रले आयोजना गर्न लागेको ‘एक्काइसौ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा तीन पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र डा बाबुराम भट्टराईले आफ्नो धारणा राख्न लागेका हुन् ।

