१४ सांसदलाई पदमुक्त गर्न सभामुख समक्ष एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका १४ जना सांसद पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई माग गरेका छन् । आज (बिहीबार) एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटासँग छलफल गर्दै १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका हुन् ।

सभामुखको कार्यालय सिंहदरबारमा भएको छलफलमा विद्यमान ऐन, नियम र नियमावलीअनुसार छिटो नाम टाँस गर्न एमालेका तर्फबाट आग्रह गरिएको एमाले सचेतक शान्ता चौधरीले बताइन् । पार्टीको तर्फबाट कारवाही गरिएको लिखित जानकारी गराएको ४८ घण्टा बित्न लाग्दासमेत सूची टाँस नभएकाले सभामुख सापकोटालाई भेटेर ध्यानाकर्षण गराएको सचेतक विशाल भट्टराईले बताए ।



राजनीतिक दलसम्बन्धी ऐन २०७३ को नियम ३५ को उपनियम ३४ ले सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले संसद चलेको भए सदनमा जानकारी गराउने नभए सूचना टाँस गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएको थियो।

 

 

 

सम्बन्धित समाचार