नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।
आज (बिहीबार) जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन क्रममा उनले एमाले फुटेको नभई केही मानिस पार्टी छोडेर गएको बताए । ओलीले माधव कुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउँदैमा एमालेमा कुनै क्षति नभएको दावी गरे ।
उनले आफूहरुले जनताको मत जित्ने गरी काम गरेको भन्दै देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । त्यस्तै उनले एमाले अहिले पनि देश बनाउने अभियानमा लागेको बताए ।

