नेपालमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ४३८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ९४६ पीसीआर परीक्षण गर्दा दुई हजार ३२१ र चार हजार ४९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार १२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ९१ हजार २२९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ । जसमा ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३९ संक्रमित आईसीयूमा र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ ।

सम्बन्धित समाचार