यस्तो रह्यो महन्थ ठाकुरको पार्टीको नाम

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम महन्थ ठाकुर पक्षले फेरेको छ । आयोगमा यसअघि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) भनेर दर्ता गरेको पार्टीको नाम अब ‘लोकतान्त्रिक समाजवादी पार्टी’ रहने भएको छ ।

आज (शुक्रबार) ठाकुर पक्षले आयोगमा पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’ दर्ता गरेको हो । त्यस्तै ठाकुर पक्षले ७ जना महिला थपेर केन्द्रीय सदस्यको संख्या ३१ पुर्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि तःकुर पक्षलाई नयाँ पार्टी खोल्नको लागि बाटो खोलिएको थियो ।



सरकारले जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार