बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

विष्णुप्रसाद प्रसाई पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्दै संखुवासभाका यादवचन्द्र शर्मालाई बागमती प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को बिहीबार बैठकको निर्णय अनुसार शर्मालाई आज(शुक्रबार) प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।



यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति:

विज्ञप्ति:

 

सम्बन्धित समाचार