कमल थापाले दिए राजीनामा, राणा र लोहनी मध्ये एकलाई जिम्मेवारी लिन आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजीनामा दिएका छन् । उनले पार्टीको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

राप्रपामा विवाद बढेको भनिएकै बेला थापाले एकाएक स्थानीय तह निर्वाचन परिचालन समिति छोड्नुलाई अर्थपूर्ण मानिएको छ । शनिबार थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिए।



अध्यक्षद्वय पशुपति शमसेर राणा र डा।प्रकाशचन्द्र लोहनी मध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन उनले आग्रह गरेका छन्।

सम्बन्धित समाचार