नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) रु ३०० ले ओरालो लागेको छ । तोलामा ४०० रुपैयाँ बढ्दै रु ९१ हजार २०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ९०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन शुक्रबार तोलामा रु ९० हजार ७०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ४०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै तोलाको रु १ हजार १८० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।