सभामुखविरुद्ध धम्की दिएको भन्दै सत्तारुढ दलले निकाल्यो यस्तो विज्ञप्ति

सत्तारुढ दलले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्की दिएको प्रति आपत्ति जनाएको छ ।

आज(सोमबार) एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । सत्तारुढ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन् ।’



यस अघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका १४ जना सांसद पदमुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका थिए । गत शुक्रबार सभामुखको कार्यालय सिंहदरबारमा एमाले सांसदहरुले च्याम्बर घेराउ गर्दै सांसदहरुलाई पदमुक्त गरेको सूचना टाँस गर्न दबाब दिएका थिए ।

सम्बन्धित समाचार