आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ८१० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ८६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख दुई हजर १८३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ । जसमा ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२० संक्रमित आईसीयूमा र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार