नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार) रु ३०० ले ओरालो लागेको छ । तोलामा ५०० रुपैयाँ बढ्दै रु ९१ हजार ६०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९१ हजार ३०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन मंगलबार तोलामा रु ९१ हजारमा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै तोलाको रु १ हजार २१० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।