एमालेका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यले गरे नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न सनाखत

माधव नेपाल समूहको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू निर्वाचन आयोगमा सनाखत सकिएको छ । आयोगमा माधवकुमार नेपाल राजेन्द्र पाण्डे, लगायतका नेताहरुले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न निवेदन दिएका थिए ।

सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो । त्यस्तै आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सनाखत गर्न २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेका थिए । नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।



सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि माधव नेपाल समूहलाई नयाँ पार्टी दर्ता गर्नको लागि बाटो खुलेको थियो ।

सनाखत गर्ने सांसदहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, प्रेमबहादुर आले, मेटमणि चौधरी, भवानी खापुङ, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, हिराचन्द्र केसी, धनबहादुर बुढा, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, रामकुमारी झाँक्री, निरादेवी जैरु, सरला यादव, पुष्पा कुमारी कर्ण कायस्थ, समिना हुसेन, कलिला खातुन, गोपालबहादुर बम, पार्वती कुमारी विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्र प्रकाश पुरी र उदया शर्मा पौड्याल रहेका छन् ।

सनाखत गर्ने ५५ केन्द्रीय सदस्यहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा.विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव, धर्मनाथप्रसाद साह, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र वैठा धोबी, लक्ष्मढा पौडेल, मदनकुमारी शाह (गरिमा), देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणी चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सवित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरला कुमारी यादव, सुधिरप्रसाद साह, कल्याणी कुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणी विक जंगली, धनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा.देउमान साम्बाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपाने रहेका छन् ।

सम्बन्धित समाचार