नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदाै ।

नेकपा एमालेबाट छुट्टिएर नयाँ राजनीतिक दल दर्ता गएका माधव नेपाल समूहका २९ जना सांसदहरूले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गरेका छन् । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३३ जना सांसद सनाखतको लागि निर्वाचन आयोग पुगेको भए पनि आयोगले उनीहरू सबैको नाम सनाखत गर्न मानेन ।
दल दर्ताको लागि निवेदन दिँदा हस्ताक्षर गरेको सांसदलाई मात्रै सनाखत गराउने निर्वाचन आयोगले बताएपछि माधव नेपाल निकट मानिएका सोमप्रसाद पाण्डे, मायादेवी न्यौपाने, कुमारी तुलसा थापा, शारदा भट्टको हस्ताक्षर सनाखत भएन । त्यसबाहेक नेता एवं सांसद झलनाथ खनाल उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेको कारण उनले राजदूतावासमार्फत् सनाखत पठाएका थिए । आयोगले झलनाथ खनालको हस्ताक्षर भने सनाखत गरेको छ ।
यससँगै नेकपा (एकीकृत समाजवादी)का ३० जना सांसदको हस्ताक्षर सनाखत भएको छ । तर, पनि राजनीतिक दलसम्बन्धी अध्यादेशले व्यवस्था गरेअनुसार पार्टी विभाजनको लागि चाहिने सांसद संख्या कानूनी रूपमा माधव नेपाल नेतृत्वको दलको पुगेन । २० प्रतिशत पुग्नको लागि कम्तीमा ३१ सांसद आवश्यक पर्छ । चार जना सांसदको पनि हस्ताक्षर सनाखत भएको भए अध्यादेशमा तोकिएको भन्दा बढी सांसद संख्या हुन्थ्यो ।
एकीकृत समाजवादीले केन्द्रीय सदस्यतर्फबाट २० प्रतिशत भन्दा बढी सदस्य पुर्याएको छ । निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।
यी हुन् नेकपा (एकीकृत समाजवादी) दल दर्ता गर्न निर्वाचन आयोग पुगेका सांसदः
१, माधवकुमार नेपाल
२, मुकुन्द न्यौपाने
३, कल्याणीकुमारी खड्का
४, विरोध खतिवडा
५, जीवनराम श्रेष्ठ
६, रामकुमारी झाँक्री
७, निरादेवी जैरू
८, प्रेमबहादुर आले
९, मेटमणि चौधरी
१०, सरला यादव
११, भवानी खापुङ
१२, पुष्पाकुमारी कर्ण कायस्थ
१३, समिना हुसेन
१४, कृष्णलाल महर्जन
१५, कृष्णकुमार श्रेष्ठ
१६, कलिला खातुन
१७, हिराचन्द्र केसी
१८, धनबहादुर बुढा
१९, गोपालबहादुर बम
२०, पार्वतीकुमारी विशुंके
२१, लक्ष्मी चौधरी
२२, विना बुढाथोकी
२३, बेदुराम भुषाल
२४, शेरबहादुर कुँवर
२५, ठगेन्द्रप्रसाद पुरी
२६, उदया शर्मा
२७, सिंगबहादुर विश्वकर्मा
२८, नन्दा चपाईं
२९, शान्तिकुमारी अधिकारी जिसी
दूतावासमार्फत् सनाखत पठाएका- झलनाथ खनाल सनाखत हुन बाँकी चार सांसद
१, सोमप्रसाद पाण्डे
२, मायादेवी न्यौपाने
३, कुमारी तुलसा थापा
४, शारदा भट्ट

